चितवन । चितवनमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडा मरेको छ ।
माडी नगरपालिका-२ भैरवपुरमा आज बिहान गैँडा धानबारीमा करेन्ट लागेर मरेको अवस्थामा भेटिएको हो ।
गैँडाको खाग, खुर सुरक्षित रहेको र कसले कुन प्रयोजनका लागि धानबारीमा विद्युतीय करेन्ट छोडेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले बताए ।