Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

बल्ब जोड्ने क्रममा करेन्ट लागेर ११ वर्षीय बालकको मृत्यु

बल्ब जोड्ने क्रममा करेन्ट लागेर ११ वर्षीय बालकको मृत्यु

बुधवार , श्रावण २१, २०८२

उदयपुर । उदयपुरमा बल्ब जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका-७ का ११ वर्षीय दर्शन विकको करेन्ट लागेर मृत्यु भएको हो ।

मंगलबार (हिजो )साँझ आफ्नै घरको होल्डरमा बल्ब जोड्ने क्रममा करेन्ट लागेपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077