काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिका बैठक बस्दैछन् ।
बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
संसद सचिवालयका अनुसार बिहान १० बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौतीलगायत विषयमा समसामयिक छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा दफावार छलफल हुनेछ ।
विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गर्ने तयारी छ ।
यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।