काठमाडौं । दुई सातादेखि रिक्त रहेको गृह मन्त्रालयको शान्ति सुरक्षा समन्वय महाशाखाको जिम्मेवारी सहसचिव आनन्द काफ्लेले पाएका छन् ।
गृहमन्त्री रमेश लेखकले उनलाई सो जिम्मेवारी दिएका हुन्। काफ्ले गृहकै नीति तथा योजना महाशाखा प्रमुख थिए ।
शान्ति सुरक्षा महाशाखाका प्रमुख रहेका सहसचिव रामचन्द्र तिवारीको अध्यागमन विभागमा सरुवा भएपछि सो पद रिक्त थियो । गृहमा शान्ति सुरक्षा महाशाखालाई सबैभन्दा शक्तिशाली मानिन्छ ।
सोही महाशाखा प्रमुख प्रवक्ता समेत हुने गर्दछन् । सो महाशाखाका लागि जयनारायण आचार्य, छवि रिजाल, गोविन्द रिजाल पनि प्रतिस्पर्धामा थिए ।
त्यस्तै, मन्त्रालयले गुल्मीको सिडिओमा सहसचिव विष्णु प्रसाद कोइरालालाई पठाएको छ । उनलाई दुई साताअघि मात्र अध्यागमन प्रमुखबाट हटाइएको थियो।