काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा ४ जनाको मृत्यु भएको छ ।
मंगलबार (आज) दिउँसो उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा एक्कासि बाढी आएको हो । बाढीमा ५० जना बेपत्ता भएको र दर्जनौँ मानिस फसेको बीबीसीले जनाएको छ ।
बाढीका कारण सडक, भवन पर्यटकीय क्षेत्रका रूपमा परिचित होटल, रिसोर्ट र रेस्टुरेन्ट पनि डुबानमा परेका छन् ।
बाढीले जनजीवन अस्तव्यस्त बनेको, सञ्चार सम्पर्क टुटेको मुख्यमन्त्री पुष्कर सिंह धामीले बताएका छन् ।
भारतीय सेना र इन्डो–तिब्बती सीमाका कर्मचारीसहित उद्धार टोली उद्धार पुगे पनि निरन्तर वर्षाले उद्धारकार्य प्रभावित बनेको बीबीसीले जनाएको छ ।