Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

हितेन्द्रदेव शाक्य भन्छन- सोलार र ब्याट्रीले बिजुलीको माग धान्न सक्छ, हाइड्रोतिर नलागौँ

हितेन्द्रदेव शाक्य भन्छन- सोलार र ब्याट्रीले बिजुलीको माग धान्न सक्छ, हाइड्रोतिर नलागौँ

मंगलवार , श्रावण २०, २०८२

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोलार र ब्याट्रीले बिजुलीको माग धान्न सके हाइड्रोको पछाडि लाग्न आवश्यक नरहेको बताएका छन् ।

दिउँसो र रातिको समयमा सोलर ब्याट्रीले बिजुलीको माग धान्न सक्ने स्थिति भएमा धेरै खर्च गरेर हाइड्रोको पछाडि लागिरहनु नपर्ने शाक्यले बताए ।

शाक्यले भने- 'हामीलाई इनर्जी सोर्स कहाँबाट आयो भन्ने छैन, हाम्रो डिमान्ड ब्याट्री र सोलारले पूरा हुन्छ भने हामी हाइड्रोको पछाडि लाग्नुपर्छ भन्ने छैन। हाम्रो डिमान्ड दिउँसो र साँझको बिजुलीको माग धान्न सक्नुपर्‍यो । हाम्रो राति त्यति बिजुली डिमान्ड हुँदैन ।'

अहिले उद्योगहरुमा विद्युत्को खपत धेरै नरहेको समेत शाक्यले बताए ।

न्युज एजेन्सी नेपालबाट ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077