बागलुङ । पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको बागलुङको काठेखोला गाउँपालिका–६ ताराखसेमा सडक अवरुद्ध भएको हो । जसकारण गएरातिदेखि नै लामो तथा छोटो दूरीका सवारीसाधान चल्न सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार सडकमा लेदोसहितको पहिरोले पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङबाट पोखरा, काठमाडौँलगायतका स्थानमा जाने सवारीसाधान रोकिए हुन् ।
अहिले पहिरो पन्छाएर सवारी आवागमन गराउन लोकमार्ग कार्यालयसँग छलफल भइरहेको बताइएको छ ।