Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कञ्चनपुरमा हाइस दुर्घटना, नौ जना घाइते

कञ्चनपुरमा हाइस दुर्घटना, नौ जना घाइते

सोमवार , श्रावण १९, २०८२

कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर नजिक यात्रुवाहक हाइस (भ्यान) दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

सोमबार साँझ महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको बागमती प्रदेश–०१०३२ च ३२४१ नम्बरको हाइस विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउने प्रयास गर्दा अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो ।

घाइतेहरूको झलारीस्थित टी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ ।

ती मध्ये एक जनाको अवस्था मध्यम रहेकापछि अन्य सामान्य रहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077