Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

महोत्तरीमा ४ सय ७० किलो गाँजासहित ट्रक चालक पक्राउ

महोत्तरीमा ४ सय ७० किलो गाँजासहित ट्रक चालक पक्राउ

सोमवार , श्रावण १९, २०८२

महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका -५ रामगोपालपुर चोकबाट अवैध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ ।

आइतबार साँझ मकवानपुर राक्सिराङ गाउँपालिका -४ बस्ने २६ वर्षीय मान बहादुर मुक्तानलाई करिब ४ सय ७० किलो ९ सय ६० ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।

बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको ना ६ ख २९१९ नम्बरको ट्रकबाट १० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासले यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077