Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

बोलबम नुहाउने क्रममा सुन्दरीजलस्थित बागमतीमा डुबेर महिलाको मृत्यु

बोलबम नुहाउने क्रममा सुन्दरीजलस्थित बागमतीमा डुबेर महिलाको मृत्यु

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । बोलबम नुहाउने क्रममा एक सुन्दरीजलस्थित बागमती नदिमा पसेकी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवन घर भइ काठमाडौं कपन बस्दै आएकी ३५ वर्षीया सन्ध्या धामी छिन् । उनको आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार उनी सोमबार राति १ः३५ बजेतिर गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल सुन्दरीमाई मन्दिरमा बोलबम गएकी थिइन् । सो क्रममा खोलामा नुहाउन पसेकी उनी ढुंगामा चिप्लेर खोलामा डुबेकी थिइन् ।

खोलामा डुबेको अवस्थामा प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको टोली र नेपाली सेनाको सुन्दरीजल विपद् व्यवस्थापन टोलीले उद्धार गरेको थियो ।

उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077