काठमाडौं । काठमाडौंको सुन्दरीजलको खोलामा डुबेर एक जना महिलाको ज्यान गएको छ।
आइतबार गोकर्णेश्वर नगरपालिकाको सुन्दरीमाई मन्दिरस्थित खोलामा डुबेर चितवन घर भई कपन बस्दै ३५ वर्षीया सन्ध्या धामीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
बोलबम गएकी धामी खोलामा खसेर घाइते भएकी थिइन्।
उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेलमा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ।