खोटाङ । हलेसी मन्दिर दर्शन गरेर सिरहातर्फ जाँदै गरेका यात्रु सवार विङगर गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
आज बिहान खोटाङको हलेसी तुवाचुङ नगरपालिका- १ दौत्यखोलास्थित मध्येपहाडी लोकमार्ग सडक खण्डमा प्र.२-०१-००१ ज ००५३ नम्बरको विङगर गाडी दुर्घटना भएको हो।
दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छैन । दुर्घटनाग्रस्त गाडी सडकबाट करिब २०० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनामा घाइते १४ जना मध्ये गम्भीर रहेका ६ जनालाई नगरपालिकाको एम्बुलेन्समार्फत काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।