Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

वडाध्यक्ष रिमालको निधन, आज शोक विदा

वडाध्यक्ष रिमालको निधन, आज शोक विदा

सोमवार , श्रावण १९, २०८२

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको ४४ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

ज्वरो र निमोनियाले स्वास्थ्य प्रतिकूल भएसँगै वीर अस्पताल काठमाडौंमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

गत जेठमा पत्थरीको शल्यक्रिया पश्चात नियमित स्वास्थ्य जाँच गराउँदै आएका उनलाई पछिल्लो एक सातादेखि ज्वरो र निमोनियाले सताएको थियो ।

नेकपा एमाले नुवाकोटको सचिवालय सदस्य समेत रहेका रिमाल यसअघि २०७४ सालको निर्वाचनमा पनि वडा सदस्यमा निर्वाचित भएका थिए ।

उनको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्दै तारकेश्वर गाउँपालिकाले आज शोक बिदा दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077