कञ्चनपुर। कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवजवाजतमा रोक लगाइएको छ ।
लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारी साधनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
महाकालीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारी आवागमनमा रोक लगाउने गरिन्छ ।
प्रहरीका अनुसार आज बिहान ८ बजे महाकाली नदीमा पानीको बहावले एक लाख नौ हजार नौ सय ८० क्यूसेक नाघेपछि आवागमनमा रोक लगाइएको हो ।