Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सप्तकोसी नदीमा पानीको बहाब उच्च, २३ ढोका खोलिए

सप्तकोसी नदीमा पानीको बहाब उच्च, २३ ढोका खोलिए

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । निरन्तरको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाब उच्च भएको छ। आइतबार साँझ कोसी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको बहाब मापन गरिएको छ।

आज बिहान गरिएको मापनमा कोसी ब्यारेजर भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानी बगेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए।

५२ वटा मूल र चार नहरका गरेर ५६ ढोकामध्ये अहिले २३ खुल्ला गरिएको छ।

कोसी ब्यारेज भएर एक लाख ५० हजार भन्दामाथि पानीको बहाब भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ।

सोही अनुसार रातो बत्ती बालिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। २०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाब हुँदा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077