काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले जिम्मा लिएको काम समयमा पूरा नगर्ने ११ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।
कार्यालयले आज जारी गरेको सूचनाअनुसार, विभिन्न निकायबाट पठाइएको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (९) बमोजिम ती कम्पनीहरूलाई एकदेखि दुई वर्षसम्मका लागि कालो सूचीमा राखिएको हो।
कालो सूचीमा परेका कम्पनीहरूले अब तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।
हेर्नुहोस् सूची :