Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

अछाममा खोलाले बगाउँदा एक जनाको मृत्यु

अछाममा खोलाले बगाउँदा एक जनाको मृत्यु

आइतवार , श्रावण १८, २०८२

अछाम । अछामको कमलबजार नगरपालिका–३ बयलामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार साँझ करिब ५ः१५ बजे ५० वर्षीय कर्णबहादुर कडायत खेततर्फ जाने क्रममा मुजे बजुडा खोला पार गर्ने बेला बगेका हुन् ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार करिब ५ सय मिटर तल खोलाको बीच भागमा उनी मृत अवस्थामा फेला परेका छन् ।

घटनाको जानकारी ५ः४० बजे प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको र मुचुल्का लगायतका आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077