हेटौंडा । पहिरोका कारण हेटौंडा-काठमाडौं जोड्ने छोटो सडक अवरुद्ध भएको छ ।
आज दिउँसो ४ बजे मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिका-४ महालक्ष्मी खोलामा पहिरो खसेपछि हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-काठमाडौं खण्डसडक अवरुद्ध भएको हो ।
पहिरो पन्छाएर बाटो खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।