Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

बर्षाका कारण अवरुद्ध ग्रामीण सडक स्थानीयको श्रमदानमा सूचारु

बर्षाका कारण अवरुद्ध ग्रामीण सडक स्थानीयको श्रमदानमा सूचारु

आइतवार , श्रावण १८, २०८२

डोटी । डोटीमा बर्षाका कारण अवरुद्ध ग्रामीण सडक स्थानीयबासीहरुको श्रमदानमा सूचारु भएका छन् ।

बर्षाले सडकमा पहिरो जाँदा पैदल हिड्न समेत अप्ठेरो भएपछि स्थानीयले श्रमदान गरी बिभिन्न सडक अवरोध हटाएका हुन् ।

जिल्लाको जोरायल गाउँपालिका–६ अन्र्तगत विभिन्न ग्रामीण सडकहरु श्रमदानबाटै मर्मत गरिएका ६ नं. वडाका वडाअध्यक्ष गणेश बोहराले जानकारी दिए ।

श्रमदानमार्फत सानीगाड-डाडागाउँ सडक, खसरे-सिरोडा-गुनड-देउथला हुँदै जोरायल जाने सडक र खसरे-सुनारी-खतेना-बगिडा-पातल-आरुबटा न्वाली-ग्वानी सडक मर्मत गरिएको निरौली महिला विकास समाजकी अध्यक्ष रिता बोहराले बताईन् ।

विकास आफ्नै लागि भएकाले आफूहरू श्रमदानमा खटिएको  स्थानीयबासीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077