काठमाडौं । मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।
गोरखाबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नम्बरको बस तनहुँको आँबुखैरेनीनजिकैको ऐनापहरा क्षेत्रमा दुर्घटनामा परेको हो। ऐनापहारानजिकै सडकबाट बस १५ मिटर तल खसेको छ।
बसमा कति यात्री सवार थिए भने यकिन भइसकेको छैन । प्रहरीका अनुसार बसमा सवारमध्ये ५ जनाको उद्धार गरिएको छ। ५ मध्ये २ जना गम्भीर घाइते भएको र उनीहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
चालकलाई नियन्त्रणमा लिसकेको प्रहरीले जनाएको छ ।