Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

दिक्तेलका मेयर र सरकारबीच सहमति, वनमन्त्री शाहीबाट अनशन तोड्ने

दिक्तेलका मेयर र सरकारबीच सहमति, वनमन्त्री शाहीबाट अनशन तोड्ने

आइतवार , श्रावण १८, २०८२

काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका अनशनरत मेयर तीर्थराज भट्टराई र सरकार बीच सहमति भएको छ ।

सरकारले गाँजा र कोदोबाट बनेको रक्सीबाहेक मेयर भट्टराईका सबै मागहरू सम्बोधन गर्ने सहमति गरेको छ । सहमतिमा हस्ताक्षर गर्न मेयर भट्टराईले पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

गत आइतबारदेखि सरकारको ध्यानाकर्षण गराउन सत्याग्रहपछि उनि माइतीघर मण्डलामा परालको गुन्द्री माथि राडी ओछ्याएर छेउँमा बाँसका भाटा राखेर अनशन बसेका थिए ।

जसमा जलवायु परिवर्तनलाई असर गर्ने वस्तुहरूको प्रयोगमा रोक लगाउनुपर्ने, बाँस लगायतका कच्चा पदार्थको सदुपयोग गरिनुपर्ने विषय,
पलास्किटजन्य वस्तुहरूको आयातमा प्रतिबन्ध लगाउनुपर्ने, पहाडमा हुन सक्ने भूक्षय न्युनीकरण गर्न सरकारले विशेष ध्यान दिनुपर्ने माग मेयर भट्टराईले राखेका थिए ।

सहमतिमा हस्ताक्षरपछि उनले वनमन्त्री ऐनबहादुर शाहीको हातबाट अनशन तोड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077