Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

जल चढाउन मन्दिर हिँडेको बोलेरो दुर्घटना, एकै परिवारका ९ सहित ११ जनाको मृत्यु

जल चढाउन मन्दिर हिँडेको बोलेरो दुर्घटना, एकै परिवारका ९ सहित ११ जनाको मृत्यु

आइतवार , श्रावण १८, २०८२

भारत । आज भारतको उत्तर प्रदेशस्थित गोन्डा जिल्लामा बोलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ।

मृतकमध्ये ९ जना एउटै परिवारका छन्।

बोलेरोमा १६ जना सवार थिए, जसमध्ये एकैपरिवारका ९सहित ११ जनाको ज्यान गएको छ ।

घटनामा १० वर्षीया एक बालिका हराएकी छिन्। भने ४ जनालाई स्थानीय बासिन्दाले झ्यालको सिसा फोरेर सकुशल उद्धार गरेका छन्।

धार्मिक कार्यका लागि पृथ्वीनाथ मन्दिर जल चढाउन जाँदै गरेको बोलेरो जीप सडकबाट सायू नहरमा खसेको हो ।

ठूलो वर्षाका कारण नहरमा पानीको बहाव बढी थियो। गाडी नहरमा खसेलगत्तै डुब्न पुगेको हो। गाडीको झ्याल लक भएर भित्रका मानिस बाहिर निस्कन नसकेर ज्यान गुमाउन पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077