Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

१५ लाख भूमिहीनदलित सुकुम्वासीलाई पुर्जा बाँड्ने सरकारको तयारी

१५ लाख भूमिहीनदलित सुकुम्वासीलाई पुर्जा बाँड्ने सरकारको तयारी

आइतवार , श्रावण १८, २०८२

काठमाडौं । करिब १५ लाख भूमिहीन, दलित सुकुम्वासीलाई पुर्जा उपलब्ध गराउने तयारीमा सरकारको रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बताएका छन् ।

आज बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा भूमिहीन सुकुम्वासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीको विवरणबारे छलफलमा मन्त्री अधिकारीले सो जानकारी दिएका हुन् ।

हालसम्म ९९ हजार १ सय ८६ भूमिहीन दलित, १ लाख ६८ हजार १ सय ५ भूमिहीन सुकुम्वासी र ८ लाख ७५ हजार ४ सय १० अव्यवस्थित बसोबासीको विवरण संकलन गरिएको मन्त्री अधिकारीले बताए ।

अझै पनि २ सय ८ पालीकाले विवरण संकलनको काम बांकि रहेकाले उक्त संख्या करिब १५ लाख पुग्न सक्ने अनुमान गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077