Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

मोटरसाइकल दुर्घटनामा परी बुवाको मृत्यु, छोरा घाइते

मोटरसाइकल दुर्घटनामा परी बुवाको मृत्यु, छोरा घाइते

आइतवार , श्रावण १८, २०८२

रुपन्देही । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान सियारी गाउँपालिका-७ भर्थापुरमा ना६प ६६३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल सवार दुई जनामध्ये बुवाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।

मृत्यु हुनेमा मायादेवी गाउँपालिका -७ का ६० वर्षीय राममिलन धवल रहेका छन् ।

यस्तै मोटरसाइकल चालक ३० वर्षीय विनोद धवल ( छोरा) गम्भीर घाइते भएका छन् । उनको भैरहवास्थित सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077