Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

वर्षाका कारण त्रिभुवन विमानस्थलका आन्तरिक उडान प्रभावित

वर्षाका कारण त्रिभुवन विमानस्थलका आन्तरिक उडान प्रभावित

आइतवार , श्रावण १८, २०८२

काठमाडौं । शनिबार रातिदेखि परेको लगातार वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरू प्रभावित भएका छन् ।

विमानस्थल कार्यालयका अनुसार आइतबार बिहानका लागि तय तीन माउन्टेन फ्लाइटमध्ये यति एयरलाइन्सको एक र बुद्ध एयरका दुई उडान रद्द गरिएको छ ।

काठमाडौंबाट बिहान ६ बजेको यति एयरको र ६ः१५ बजेका बुद्ध एयरका माउन्टेन फ्लाइट स्थगित भए पनि श्री एयरलाइन्सको माउन्टेन फ्लाइट भने सञ्चालन भएको छ।

यस्तै, पोखरा र रुकुम पश्चिमका लागि तय भएका केही उडानमा ढिलाइ भएको छ। अन्तर्राष्ट्रिय उडान भने नियमित रूपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

शनिबार रातिदेखि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077