सिन्धुली । सिन्धुलीमा पानी पर्दा ओत लागेको ठाउँमा ढलेको रुखले किच्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्लाको हरिहरपुरगढी गाउँपालिका-१ बस्तीपुरमा शुक्रबार दिउँसो पानी परेको बेला ओत लाग्न बसेको टहरोमाथि रुख ढलेर बज्रिदा स्थानीय वर्ष ९ का सार्की थिङ र वर्ष १६ का सन्ता गोलेको मृत्यु भएको हो ।
सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार उक्त रुखले किच्दा स्थानीय वर्ष १४ की सिर्जना माया, वर्ष १५ की सन्ध्या भोलन र सुशीला थिङ घाइते भएका छन् ।
घाइते मध्ये सिर्जना र सन्ध्याको अवस्था गम्भीर छन् । उनीहरू दुवै जनालाई उपचारका लागि मकवानपुरको हेटौंडा तर्फ पठाइएको छ। यस्तै घाइते सुशीला थिङको भने हरिहरपुरगढीकै झनझनेमा उपचारका लागि ल्याइएको छ।