Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

नेपाल-चीन कूटनीतिक सम्बन्ध ७०औँ वर्षमा, नेपालले दियो ७० किलोको बुद्धमूर्ति

नेपाल-चीन कूटनीतिक सम्बन्ध ७०औँ वर्षमा, नेपालले दियो ७० किलोको बुद्धमूर्ति

शुक्रवार , श्रावण १६, २०८२

काठमाडौं । आजदेखि नेपाल-चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश गरेको छ ।

कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठको अवसरमा नेपालले चीनलाई ७० किलोको बुद्धमूर्ति उपहार दिएको छ।

युनान प्रान्तको कुनमिङमा आज आयोजित एक समारोहमा नेपाल-चीन कार्यकारी परिषद् (एनसीईसी)ले युनान बौद्ध संघलाई सुनको जलप लगाइएको बुद्धमूर्ति उपहार दिएको हो।

समारोहलाई सम्बोधन गर्दै एनसीईसीका अध्यक्ष अनुप भट्टराईले भने, ‘कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवको यो खुसीको अवसरमा कुनमिङको युआनतोङ मन्दिरमा भगवान बुद्धको ७० किलोको सुनको जलप लगाएको मूर्ति प्रस्तुत गर्न पाउँदा खुसी छौँ।, बौद्ध धर्म नेपाल र चीनबीचको साझा आध्यात्मिक सम्पदा मात्र होइन, पारस्परिक सम्मान र शान्तिपूर्ण सहअस्तित्वको दृष्टिकोणलाई बढावा दिने सांस्कृतिक कूटनीतिको स्तम्भ पनि हो।’

बौद्ध संघका अध्यक्ष मास्टर सिनमिङले नेपाली जनताबाट प्राप्त यो बहुमूल्य उपहार नेपाल-चीन मित्रताको प्रतीकको रूपमा युनानमा सधैँ उभिरहने बताए।

कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वार्षिकोत्सवको अवसरमा एनसीईसीले बेइजिङको ग्रान्ड बेल मन्दिरमा पाटन प्यालेस स्क्वायरमा रहेको ग्रान्ड बेलको ६० किलोको प्रतिकृति पनि प्रस्तुत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077