बुटवल । बुटवल-नारायणगढ सडकखण्ड अन्तर्गत बर्दघाटमा यात्रुबाहक बस र्दुघटना हुँदा १ जनाको मृत्यु भएको छ ।
बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस नवलपरासीको बर्दघाट नगरपालिका–५ शान्तिनगर चोकमा र्दुघटना हुँदा १ जनाको मृत्यु भएको हो । दुर्घटनामा १३ जना घाइते भएका छन् ।
मृतकको पहिचान खुल्न बाँकी रहेको र १३ जना यात्रु घाइतेको उद्धार गरी रुपन्देही पठाइएको प्रहरीले जाएको छ ।