Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

सुदूरपश्चिमका भौतिकमन्त्री पालद्वारा धनगढीमा दुई नयाँ सरकारी भवन उद्घाटन

सुदूरपश्चिमका भौतिकमन्त्री पालद्वारा धनगढीमा दुई नयाँ सरकारी भवन उद्घाटन

शुक्रवार , श्रावण १६, २०८२

धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालले शुक्रबार दुई नवनिर्मित सरकारी कार्यालय भवनको उद्घाटन गरेका छन् ।

शुक्रबार मन्त्री पालले प्रदेश सरकारअन्तर्गत रहेको पथरैया–मोहना सिंचाइ व्यवस्थापन कार्यालय, कैलाली र भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, धनगढी का भवनहरूको उद्घाटन गरेका हुन् । भवनहरूको उद्घाटनपछि मन्त्री पालले निरीक्षण पनि गरेका थिए ।

शहरी विकास तथा भवन निर्माण कार्यालय, धनगढीमार्फत गत आर्थिक वर्षको वार्षिक योजना अनुसार ठेक्का प्रक्रियाबाट निर्माण गरिएका भवनहरू निर्धारित समयमै निर्माण सम्पन्न भएका हुन् ।

कार्यालयका प्रमुख डम्बर धितालका अनुसार पथरैया मोहना सिंचाइ कार्यालयको भवन निर्माणका लागि १ करोड १२ लाख १४ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो, जुन २०८१ सालको वैशाख १६ गतेबाट सुरु भई वैशाखभित्रै सम्पन्न गरी हस्तान्तरण गरिएको हो । भूमिगत जलस्रोत तथा सिंचाइ कार्यालयको भवन पनि समान बजेटमा निर्माण सम्पन्न भएको हो ।

भवन उद्घाटन कार्यक्रममा मन्त्री पालले भने, “दुवै कार्यालयको पुरानो संरचना जीर्ण अवस्थामा थियो। कार्यालय व्यवस्थित नभएसम्म सेवा प्रवाह प्रभावकारी हुँदैन। अब यी भवनहरूले सहज र गुणस्तरीय सेवा दिन मद्दत पुग्नेछ।”

उनले सीमित बजेटमै समयमा गुणस्तरीय काम सम्पन्न गर्ने निर्माण व्यवसायीको प्रशंसा गर्दै समयमै निर्माण नपुरा गर्ने ठेकदार प्रवृत्तिविरुद्ध सन्देश जाने उल्लेख गरे।

कार्यक्रममा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउँद र मन्त्रालयका सचिव प्रेमदत्त भट्ट सहित अन्य प्राविधिक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077