Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

गृहका २३ कर्मचारीलाई २४ घण्टे उर्दी (कर्मचारीहरुको नामसहित)

गृहका २३ कर्मचारीलाई २४ घण्टे उर्दी (कर्मचारीहरुको नामसहित)

शुक्रवार , श्रावण १६, २०८२

काठमाडौं । गृह मन्त्रालयले २३ जना कर्मचारीलाई २४ घण्टाभित्र सरूवा गरेको ठाउँमा हाजिर हुन निर्देशन जारी गरेको छ।

मन्त्रालयले सरुवा/पदस्थापन गरिएको कार्यालयमा निर्णय भएको एक महिनासम्म पनि नगएपछि खटाएको स्थानमा हाजिर हुन २४ घण्टे उर्दी जारी गरेको हो ।

मन्त्रालयको कर्मचारी प्रशासन शाखाले बिहीबार निर्णय गर्दै २४ घण्टे उर्दी जारी गरेको हो ।

मन्त्रालयले वेभ पोर्टलमा आज सूची सार्वजनिक गर्दै मन्त्रालयले १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई २४ घण्टे उर्दी जारी गरेको हो ।

‘यस मन्त्रालयको विभिन्न मितिको निर्णयानुसार सरूवारपदस्थापन भई सम्बन्धित कार्यालयमा हाजिर हुन नगएका कर्मचारीहरूलाई २४ घण्टा भित्र खटाइएको स्थानमा हाजिर हुन जाने सम्बन्धी सूचना,’ सूचनामा उल्लेख छ।

खटाएको स्थानमा नजानेमा गत असार १६ गते निर्णय भएका १, असार १८ गते निर्णय भएका ७ र साउन ७ गते निर्णय भएका १० शाखा अधिकृत छन् भने असार १८ गते निर्णय भएका ५ नायब सुब्बा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077