नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–४ स्थित ह्याकुलेमा पहिरो खस्दा पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
शुक्रबार बिहान करिब पौने ८ बजे आएको पहिरोले सडक पुरिँदा सवारी आवागमन ठप्प भएको हो ।
माथिबाट आएको ठूलो पहिरोले सडकको दुवै लेन पुरिएको र तत्काल यातायात सञ्चालन सम्भव नभएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सडक खुलाउन डोजर तथा सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।