Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

गुन्डागर्दीका नाइके सानुभाइसहित ३ जनाविरुद्ध ४ दिन म्याद थप

गुन्डागर्दीका नाइके सानुभाइसहित ३ जनाविरुद्ध ४ दिन म्याद थप

बिहिवार , श्रावण १५, २०८२

काठमाडौं । ठमेलको नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा पक्राउ परेका सानुभाइसहित ३ जनाविरुद्ध म्याद थप गरिएको छ ।

पक्राउ परेका युवराज गुरुङ (सानुभाइ) सहित तीनै जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ४ दिनको म्याद थप भएको हो ।

बुधबार राति नगरकोट दोहोरी साँझमा भएको झैझगडापछि पक्राउ परेका सानुभाइसहित ३ जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद थप भएको हो ।

सानुभाइको पक्षले अर्को पक्षबीच विवाद गरेपछि सञ्चालकले प्रहरीलाई खबर गरेको थियो ।

त्यसपछि सानुभाइ र अर्को पक्षका दुई जना गरी तीन जनालाई प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरेको थियो । सानुभाइ ठमेल क्षेत्रमा लामो समयदेखि अपराधिक गतिविधिमा संलग्न रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077