बुटवल । भैरहवाको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक केसी पक्राउ परेका छन् ।
जिल्लाको सिद्धार्थनगर नगरपालिका-५ मा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारीको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ हिनामिना गरेको आरोपमा दोलखा स्थायी घर भएका ३४ वर्षीय केसी पक्राउ परेका हुन् ।
केसी वैशाख २० गतेदेखि फरार भएका थिए । उनलाई प्रहरी वृत्त ठिमीको सहकार्यमा भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
केसीलाई थप अनुसन्धनका लागि अदालतमा पेस गरिएको छ ।