Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

पेप्सिकोलामा पानी ट्यांकरको ठक्करबाट एक युवकको मृत्यु

पेप्सिकोलामा पानी ट्यांकरको ठक्करबाट एक युवकको मृत्यु

बिहिवार , श्रावण १५, २०८२

काठमाडौं । राजधानीको पेप्सिकोला क्षेत्रमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ । पानी ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार २५ वर्षीय नवराज तुमसिङको मृत्यु भएको हो ।

काभ्रे जिल्लाको रोसी गाउँपालिका–३ घर भएका तुमसिङ गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उपचारका लागि काठमाडौं मेडिकल कलेज अस्पताल पुर्‍याइएको थियो। तर, गम्भीर अवस्थाका कारण उनको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटना सोमबार राति करिब पौने ९ बजे काठमाडौं महानगरपालिका–३२ स्थित छाप्रोमा भएको हो । जडिबुटीबाट पेप्सिकोलातर्फ जाँदै गरेको बाप्र ०१–००४ क ३२८७ नम्बरको पानी ट्यांकरले विपरीत दिशाबाट आइरहेको बाप्र ०२–०३३ प २५४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

मोटरसाइकल चालक सन्तोष मगर, जो तुमसिङकै साथी तथा काभ्रेको रोसी–३ का बासिन्दा हुन्, घाइते भएका छन्। उनको अवस्था खतरामुक्त रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि ट्यांकर चालक ४७ वर्षीय रामबहादुर थापा (धादिङ) लाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले उनी कोटेश्वर प्रहरी प्रभागमा छन् र थप अनुसन्धान अगाडि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077