Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

चितवनमा हात्तीको आक्रमणबाट एक सैनिक घाइते

चितवनमा हात्तीको आक्रमणबाट एक सैनिक घाइते

बुधवार , श्रावण १४, २०८२

चितवन । चितवनमा जंगली हात्तीको आक्रमणबाट एक सैनिक घाइते भएका छन ।

हात्तीको आक्रमणबाट ३८ वर्षीय नन्दबहादुर सिंह घाइते भएका हुन् । स्रोतका अनुसार बुधबार बिहान राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्र नजिकै रहेको मचानबाट डिउटी सकेर कछुवानी पोस्टतर्फ फर्कँदै गरेका चार जना सैनिकलाई गोविन्दे हात्तीले आक्रमण गरेको थियो ।

सिंहमाथि आक्रमण गर्ने बित्तिकै सेनाले ३ राउन्ड हवाई फायर गरेको थियो । उनको रत्ननगर बकुलहर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

यसअघिपनी निकुञ्जको टोलीमाथि आक्रमण गर्न आएको मकुना हात्तीको सेनाले हानेको गोली लागेर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077