काठमाडौं । मिटरब्याज पीडितहरुले आँखामा कालोपट्टी बाँधेर माइतीघरमा प्रदर्शन गरेका छन् ।
सिराहाको लहान नगरपालिका ३ स्थायी घर भएका सीता कुमारी मण्डल र वडा ७ स्थायी घर भएका श्याम विश्वकर्मा साहुलाई कारबाहीको माग राखेर कालोपट्टी बाँधेर पीडित धर्ना बसेका छन् ।
लहान नगरपालिका ३ स्थाइ बसोबास गर्ने मिटर ब्याजी साहु रामलोचन गुप्ता र लाहान ७ स्थायी बसोबास गर्ने राम कुमार महतो (रामबाबू)ले ऋण दिँदा जग्गा पास गरि पाँच-पाँच लाख ऋण लिएको तर २१ लाख पैसा बुझाउँदा समेत जग्गा फिर्ता नगरेकोले कालो पट्टी बाँधेर धर्ना दिएको उनीहरुले बताएका छन् ।