काठमाडौँ । कागेश्वरी मनोहरामा आगलागी हुँदा झण्डै पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ।
कागेश्वरी मनोहरा नगरपालिका-५ मिलनचोकस्थित नारायण कृष्ण रसाईलीको साढे दुई तले घरमा ग्याँस लिग भई आगलागी भएको प्रहरीले जनाएको छ।
प्रहरी, स्थानीयवासी र दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिएको छ।
आगलागीबाट जस्ताको टहरो पूर्ण रुपमा जलेर नष्ट भएको र झण्डै पाँच लाख रुपैयाँ बराबरको क्षति प्रहरीले जनाएको छ।