Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

सिरहामा ८० वर्षीय वृद्धको हत्या, पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन

सिरहामा ८० वर्षीय वृद्धको हत्या, पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन

बुधवार , श्रावण १४, २०८२

सिरहा। सिरहामा धारिलो हतियार प्रहार गरी ८० वर्षीय वृद्धको हत्या गरिएको छ ।

जिल्लाको धनगढीमाई नगरपालिका-११ का भूपू वडाध्यक्ष कमलदेव यादवका बुवा फनिलाल यादवको मंगलवार राति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको छ ।

बिहान अबेरसम्म नउठेपछि परिवारजनले बोलाउन जाँदा फनिलाल घाइते अवस्थामा भेटिएका थिए । उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

मृतकका जेठा छोरा कपिलदेव यादवले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

हत्याविरुद्ध स्थानीयहरुले धनगढीस्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन् ।

सिरहा प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077