Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

नारायणी नदीको पुलबाट बिहान युवक र साँझ महिलाले हामफाले, दुबै बेपत्ता

नारायणी नदीको पुलबाट बिहान युवक र साँझ महिलाले हामफाले, दुबै बेपत्ता

मंगलवार , श्रावण १३, २०८२

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हामफालेर दुई जना बेपत्ता भएका छन् । एक जना आज बिहान र साँझतिर हामफालेर बेपत्ता भएका प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालकाअनुसार आज साँझ ७ः४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हामफालेर बेपत्ता भएकी हुन् ।

साँझ पुलबाट हामफालेका कारण खोजी कार्यमा कठिनाइ भएको छ । बिहान हामफालेका किशोरको अवस्था पनि हालसम्म अज्ञात रहेको बताइएको छ ।

बिहान पुलबाट हामफाल्ने किशोर गैँडाकोट–५ का १५ वर्षीय आदेश श्रेष्ठ रहेको र महिलाको भने पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077