Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीहरूको धर्ना

विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीहरूको धर्ना

मंगलवार , श्रावण १३, २०८२

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीहरूले धर्ना दिएका छन् ।

मंगलबार मधेस प्रदेशका कर्मचारीहरूले जनकपुरधामस्थित विद्युत प्राधिकरणको मुजेलिया कार्यालयमा कालोपट्टी बाँधेर धर्ना दिएका हुन् ।

प्राधिकरणको सञ्चालक समितिको बैठकबाट दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई मासिक ज्यालादारीमा रूपान्तरण गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय लामो समय बितिसक्दा पनि कार्यान्वयनमा नआउदा  धर्नामा बस्न बाध्य भएको नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी मधेस प्रदेश सङ्घर्ष समितिका अध्यक्ष शम्भु मिश्रले बताए ।

केन्द्रीय सङ्घर्ष समितिको निर्देशन बमोजिम मधेसमा कार्यरत कर्मचारीहरूले धर्ना कार्यक्रमलाई निरन्तरता दिएको बताए छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077