काठमाडौं । बैतडीमा दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ ।
जिल्लाको पाटन नगरपालिका–४, जेउडेमा पहिरो खसेर सडक अवरुद्ध भएको हो। सोमबारदेखि लगातार भइरहेको वर्षाका कारण मंगलबार बिहान जेउडे मोड पाटन–दार्चुला सडकखण्डमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि सवारीसाधन बीच बाटोमै रोकिए सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले बताए ।