Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

सिन्धुलीका सम्पर्कविहीन १६ जना पोखरामा फेला, दुई स्थानमा बसेको पुष्टि

सिन्धुलीका सम्पर्कविहीन १६ जना पोखरामा फेला, दुई स्थानमा बसेको पुष्टि

सोमवार , श्रावण १२, २०८२

काठमाडौं । सिन्धुलीबाट सम्पर्कविहीन भएका हायू समुदायका १६ जना पोखरामा रहेको खुलेको छ । उनीहरू पोखराको दुई फरक स्थानमा बसेको प्रहरी अनुसन्धानबाट पुष्टिएको छ ।

कास्की प्रहरीका अनुसार, १२ जना पर्यटकीय क्षेत्र लेकसाइडस्थित हल्लनचोकको होटल जननीमा बसेका थिए ।

उनीहरूले शनिबार राति होटलमा तीनवटा कोठा लिएर बसेका थिए भने आइतबार बिहान चेकआउट गरेका थिए ।

बाँकी चारजना पोखरा–३२ स्थित गगनगौँडाको चन्द्र भण्डारीको घरमा बसिरहेको पुष्टि भएको छ । घटनाबारे थप जानकारी संकलन गर्न प्रहरी दुवै स्थानमा खटिएको बताइएको छ ।

यसअघि सिन्धुलीबाट एकैसाथ सम्पर्कविहीन भएको खबर आएपछि सुरक्षानिकाय सतर्क बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077