Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

दिक्तेलका मेयर भट्टराई भन्छन-पाँच वर्षपछि गाउँमा बाँदर र बँदेलले मतदान गर्ने स्थिति नआओस्

दिक्तेलका मेयर भट्टराई भन्छन-पाँच वर्षपछि गाउँमा बाँदर र बँदेलले मतदान गर्ने स्थिति नआओस्

सोमवार , श्रावण १२, २०८२

काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थको उपयोग सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै सुरु गरेको सत्याग्रह जारि छ ।

माइतीघर मण्डलामा कपाल मुण्डन गरी सेतो कपडा लगाएर उनले आइतबारदेखि सत्याग्रह सुरु गरेका हुन् । गाउँ घरमा खेर गएका कच्चा पदार्थ प्रयोग गर्ने हो भने आयातित सामग्रीलाई न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।

''स्थानीय श्रोत र सामग्री प्रयोग गर्नका लागि स्थानीय सरकार र प्रदेश सरकारले कानुन बनाइदिओस् । बाँदरको अत्यन्तै धेरै समस्या छ । अबको पाँच वर्षपछि कुनै पनि पार्टीबाट उम्मेदवार हुँदा पनि बाँदरले मतदान, बँदेलले, नील गाईले मतदान गर्नुपर्ने अवस्था भइरहेको छ,'' उनले भने

सरकारको ध्यानाकर्षण गराउन सिंहदरबार दक्षिण गेट अगाडि सत्याग्रह सुरु गर्ने उनको योजना थियो । तर त्यहाँ निषेधित क्षेत्र तोकिएकाले उनी माइतीघर मण्डलामा परालको गुन्द्री माथि राडी ओछ्याएर छेउँमा बाँसका भाटा राखेर बसेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077