Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

सर्वोच्च अदालतका रजिस्ट्रार पौडेल र सह–रजिस्ट्रार कार्कीको बढुवा

सर्वोच्च अदालतका रजिस्ट्रार पौडेल र सह–रजिस्ट्रार कार्कीको बढुवा

सोमवार , श्रावण १२, २०८२

काठमाडौं । सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेल मुख्य रजिस्ट्रारमा बढुवा सिफारिस भएका छन् ।

प्रधानन्यायाधिश प्रकाशमान सिंह राउतको अध्यक्षतामा सोमबार बसेको न्याय सेवा आयोगको बैठकले रजिस्ट्रार पौडेललाई मुख्य रजिस्ट्रारमा बढुवा गर्न सिफारिस गरेको हो।

यसअघि मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबार अनिवार्य अवकासमा गएपछि रिक्त पदमा पौडेललाई सिफारिस गरिएको हो।

पौडेल रजिष्ट्रार पदमा नियुक्त भएको डेढ वर्षमै मुख्य रजिष्ट्रार नियुक्त हुन सफल भएका छन् ।

मुख्य रजिष्ट्रार सिफारिस भएका पौडेल २०५९ साल चैत १८ मा नेपाल न्याय सेवाको राजपत्रांकित तृतीय श्रेणी अर्थात् शाखा अधिकृतमा नियुक्त भएका थिए ।

त्यस्तै पौडेलको स्थानमा सर्वोच्च अदालतकै सहरजिस्ट्रार मानबहादुर कार्कीलाई सिफारिस गरिएको छ।

मन्त्रिपरिषद्ले बढुवाको निर्णय गरेपछि उनीहरूको पदस्थापन हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077