काठमाडौं । नेपाल विद्यत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ पनि ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मानित भएका छन् ।
अमेरिकाको न्युयोर्क शहरमा ग्लोबल नेपालीद्वारा आयोजित एक भव्य समारोहमा उनलाई अवार्ड प्रदान गरिएको हो । साथै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई अवार्ड प्रदान गरिएको छ ।
यो अवार्ड यसवर्ष विशेष गरी शाही र घिसिङको राष्ट्र निर्माण र जनसेवामा पुर्याएको योगदानको कदर स्वरूप यो अवार्ड प्रदान गरिएको हो बताइएको छ ।
न्युयोर्कमा आयोजना भएको यो कार्यक्रममा नेपाली डायस्पोराका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।