Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

सुन्दरीजल खोलामा बाढीमा फसेका पाँच जनाको सकुशल उद्धार

सुन्दरीजल खोलामा बाढीमा फसेका पाँच जनाको सकुशल उद्धार

सोमवार , श्रावण १२, २०८२

काठमाडौं । काठमाडौंको सुन्दरीजलस्थित एकासी खोलामा बाढीका कारण बीचमा फसेका पाँच जनालाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ ।

गोकर्णेश्वर नगरपालिका–१ मा अवस्थित सुन्दरीमाई मन्दिर नजिक खोलामा नुहाउने क्रममा आज बिहान साढे २ बजे पानीको बहाव अचानक बढेपछि चार भारतीय पर्यटक र एक नेपाली नागरिक खोलाको बीच भागमा फसेका थिए ।

घटनापछि नेपाली सेनाको चन्दननाथ गणबाट खटिएको उद्धार टोली, अन्य सुरक्षा निकाय तथा स्थानीयवासीको सहयोगमा उनीहरूलाई सुरक्षितरूपमा निकालिएको हो ।

बाढीले जलस्तर एक्कासी बढाउँदा खतरा बढेको भए पनि तत्काल परिचालित उद्धार टोलीको सक्रियताले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077