Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

धनगढीको भीषण आगलागीमा ८ करोडको क्षति, व्यापारी शुभ ठाकुरको मानवीय सहयोग

धनगढीको भीषण आगलागीमा ८ करोडको क्षति, व्यापारी शुभ ठाकुरको मानवीय सहयोग

आइतवार , श्रावण ११, २०८२

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित परिवर्तन इम्पेक्समा साउन ३ गते राति भएको भीषण आगलागीमा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

राति करिब ११ बजे सुरु भएको आगो दुई घण्टापछि नियन्त्रणमा ल्याइएको थियो। विद्युत् सर्टका कारण आगलागी भएको आशंका गरिएको छ। आगलागीमा हेलेन ट्रेड सप्लायर्स, परिवर्तन इम्पेक्स, सेन्टर पोइन्ट रेष्टुरेन्टसहित आठ वटा सटर प्रभावित भएका छन् ।

हेलेन ट्रेड सप्लायर्समा रहेका लुगा–कपडासहितका सामान पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अन्य पसलमा आंशिक क्षति भएको छ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र दमकलकर्मीले संयुक्त प्रयास गरेका थिए।  यस आगलागी पीडित व्यवसायीहरूलाई धनगढीका युवा व्यवसायी शुभ ठाकुरले घटनास्थलमै पुगेर नगद सहयोग गरेका छन् ।

'दुःख परेको बेला हामी व्यवसायीहरूले एकअर्कालाई सहारा दिनुपर्छ,' ठाकुरले भने, 'त्यसैले मैले मेरो तर्फबाट सहयोग गरेको हुँ।'

उनको यस मानवीय सहयोगलाई स्थानीय उद्योगी–व्यवसायीले अत्यन्त सकारात्मक रूपमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077