रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा डुबेर दुईजना युवा बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बेपत्ता हुनेमा मोरङको बेलबारीका २८ वर्षीय मनोज न्यौपाने र विराटनगरका सुजन ढकाल रहेका छन् ।
तीर्थयात्राका लागि गोसाइँकुण्ड पुगेका उनीहरू कुण्डमा नुहाउने क्रममा डुबेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
प्रहरीका अनुसार आज दिउँसो कुण्डमा डुबेर बेपत्ता भएका दुबै जनाको खोजी कार्य जारी छ ।