Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

विपी कोइराला राष्ट्रिय पुरस्कारबाट चार जना पुरस्कृत

विपी कोइराला राष्ट्रिय पुरस्कारबाट चार जना पुरस्कृत

आइतवार , श्रावण ११, २०८२

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्षको विपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ चार जनालाई प्रदान गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा चार जनालाई पुरस्कार वितरण गरिएको हो । विपी कोइराला राष्ट्रिय पुरस्कारबाट नयनसिंह कडायत, मीना सुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काईँला) र भुवन ढुङ्गाना कोइराला जनही एक लाख राशीसहित पुरस्कृत भएका हुन् ।

प्रधानमन्त्री ओलीले प्रजातन्त्रका लागि राजनीतिक परिवर्तनको झण्डा बोेक्दा आफ्नो निहित स्वार्थ नहेरी जोखिम मोलेर देशको हितमा लाग्ने अघिल्लो पुस्ताका नेता र स्थापित साहित्यिक व्यक्तित्व भएकाले विपीको सम्मानमा सरकारले पुरस्कार स्थापना गरेको बताए ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं नेपाली साहित्यमा अतुलनीय योगदान गरेका जननायक बीपीले राजनीति र साहित्यमा दिएको योगदानलाई चीरपर्यन्त कायम राख्न सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममार्फत् उक्त पुरस्कारको व्यवस्था भई २०७८ मा कार्यविधि जारी भएपछि हरेक वर्ष पुरस्कार वितरण हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077