Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

बझाङमा बाढी-पहिरोले कुलो, घर र घट्ट बगायो

बझाङमा बाढी-पहिरोले कुलो, घर र घट्ट बगायो

आइतवार , श्रावण ११, २०८२

धनगढी । बझाङमा वर्षासंगै आएको बाढी र पहिरोले भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ७ मा रहेको घट्ठे खोलामा आएको बाढी र पहिरोले स्थानीयको घर, पानी घट्ट, सिँचाइ कुलो र मन्दिरमा क्षति पुर्‍याएको हो।

घटनामा कुनै मानवीय क्षति भने नभएको तर रातभरि परेको वर्षाका कारण माथिबाट पहिरो पानीसँग मिसिएर लेदो बन्दा ठूलो विनाश निम्त्याएको नगरपालिकाका उपमेयर धनबहादुर बोहराले बताए।

यस्तै डिला लोहार र ओकिल लोहारको घर, शौचालय र धान कुट्ने मिलमा पनि क्षति पुगेको छ। उनीहरूको घरमा भएको अन्नपात पनि बाढीले नष्ट गरिदिएको छ। बाढीले ६ वटा पानी घट्ट र तिनका कुलोहरू पूर्ण रूपमा बगाएको छ भने करिब आठ वटा सिँचाइ कुलो पनि नष्ट भएका छन्।

यसैगरी वडा ७ का अध्यक्ष टंकप्रसाद जोशीको पसलभित्र पनि बाढीको लेदो पसेको छ। स्थानीयको आस्थाको केन्द्रको रूपमा रहेको दहजार मन्दिरको परिसर समेत पूरै लेदोले ढाकेको र मन्दिरको टुप्पो मात्र देखिने अवस्थामा रहेको जानकारी आएको बोहराले बताए।

बिहान खवर प्राप्तपछि प्रहरी टोली घटनास्थलमा गएको थियो। अहिले घटनास्थलमा मुचुल्का तयार गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक लोकेन्द्रसिंह ठुगन्नाले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077